डेनमार्कलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
डेनमार्कलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोलले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

कतारको अल जानौब रंगशालामा खेलको दोस्रो हाफमा अस्ट्रेलियाले गोल गरेको हो । खेलको ६०औँ मिनेटमा माथेव लेकिईले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए । बाँकी समयमा डेनमार्कलाई रोक्दै अस्ट्रेलिया विजयी भएको हो ।

यो जितसँगै उपविजेता बनेको अस्ट्रेलियाले तीन खेलबाट ६ अंक बनायो । पराजित डेनमार्कले भने तीन खेलबाट एक अंक बनाउँदै विश्वकपबाट बाहिरिएको छ । यो समूह ‘डी’ बाट फ्रान्स विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले तीन खेलबाट ६ अंक बनायो । यता, ट्युनिसिया भने विश्वकपको आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेपनि बाहिरिएको छ ।

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा