विश्वकप प्रिक्वार्टरफाइनल दौडमा रोचक बनेको समूह ‘बी’
विश्वकप प्रिक्वार्टरफाइनल दौडमा रोचक बनेको समूह ‘बी’

कतारमा जारी विश्वकप फुटबलको समूह ‘बी’ निकै रोचक बनेको छ । इंग्ल्यान्ड, अमेरिका, वेल्स र इरान रहेको यो समूहबाट प्रिक्वार्टरफाइनल पुग्ने चारै टिमको सम्भावना रहेको छ ।

नेपाली समयअनुसार राति १२ः४५ बजे इंग्ल्यान्डले वेल्ससँग प्रतिस्पर्धा गर्दा अमेरिकाले इरानसँग खेल्दैछ । इंग्ल्यान्ड र वेल्सबीचको खेल अहमद विन अली रंगशालामा हुँदा त्यही समयमा अमेरिका र इरानले कतारको अल थुमामा रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा बराबरी खेलेको इंग्ल्यान्ड चार अंक बनाएर शीर्ष स्थानमा छ । यता, वेल्स भने दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा बराबरीसहित एक अंक बनाएर यो समूहको पुछारमा छ ।

वेल्सलाई पराजित गरे इंग्ल्यान्ड समूह विजेता बनेर प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछ । वेल्ससँग बराबरी भएपनि इंग्ल्यान्ड प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछ । त्यसो त, वेल्ससँग इंग्ल्यान्ड पराजित भएपनि नकआउट चरणमा पुग्ने सम्भावना रहेन्छ । इंग्ल्यान्ड वेल्ससँग ६–० को फराकिलो अन्तरले हारे मात्रै विश्वकपबाट बाहिरिन सक्छ । तर वेल्सविरुद्ध इंग्ल्यान्डको यस्तो हार असम्भव जस्तै हो । विश्वकपको नकआउट चरणमा पुग्ने इंग्ल्यान्डको सम्भावना निश्चित जस्तै छ ।

यता, इरान र अमेरिका जुन टिमले जित्छ त्यही राष्ट्र विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्नेछ । तर अमेरिकाविरुद्ध बराबरी खेलेको खण्डमा इरान नै विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्नेछ । इरानले दुई खेलबाट तीन अंक बनाएर समूहको दोस्रो स्थानमा छ । यता, अमेरिकाको भने दुई खेलबाट दुई अंक छ ।

eng1669703189.jpg

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा