इरानको सनसनीपूर्ण जित, वेल्सका गोलकिपरलाई रातो कार्ड
इरानको सनसनीपूर्ण जित, वेल्सका गोलकिपरलाई रातो कार्ड

एसियाली राष्ट्र इरानले कतारमा जारी विश्वकप फुटबलमा जित निकालेको छ । इरानले खेलको अन्तिम समयमा गोल गर्दै वेल्सविरुद्ध २–० को जित निकालेको हो ।

इरानको जितमा रौजबेह चेश्मी र रमिन रेजाइनले गोल गरे । इरानका अली घोलीजादेहले खेलको १५औँ मिनेटमा गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले त्यो गोललाई मान्यता नदिएपछि इरानले अग्रता बनाउन असफल भयो । उनले अफसाइड गोल गरेका थिए । 

कतारको अहमद विन अल रंगशालामा पहिलो हाफसम्म गोलरहित बराबरीमा वेल्सलाई रोकेको इरानले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

खेलको ८६औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनेसीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडीमा झरेको थियो । वेयनले इरानका मेहदी तारेमीलाई डिबक्स बाहिर गम्भिर फोउल गरेपछि भिएआरको मद्दतमा रेफ्रिले उनलाई रातो कार्ड दिएका थिए ।

गोलकिपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरएसँगै वेल्सले लगातार दुई गोल खायो । इन्ज्युरी समयको आठौँ मिनेटमा चेश्मीले गोल गर्दै इरानलाई १–० को अग्रता दिलाए । लगतै इरानले दोस्रो गोल थप्यो । इरानका रमिनले इन्ज्युरी समयको ११औँ मिनेटमा गोल गर्दै इरानलाई २–० को जित दिलाए ।

यसअघि वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । यता, इरानले भने आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ गोलको हार ब्यहोरेको थियो ।

iran1669377975.jpg

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा