तस्वीरमा हेर्नुहोस् जर्मनीविरुद्ध जापानको सनसनीपूर्ण जित

चार पटकको विश्वकप विजेता जर्मनीलाई विश्वकप फुटबल २०२२ मा जापानले अप्रत्यासित रुपमा हराएको छ । जापानले जर्मनीलाई २–१ गोलले हराउँदा खेलाडी आफै अचम्ममा परेका छन् ।
पहिलो हाफमा १–० गोलले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित निकाल्यो । जापनका रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाए । ताकुमा असानोले खेलको ८३औँ मिनेटमा गोल गर्दै जापानलाई २–१ गोलको जित दिलाए । यसअघि खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गरेका थिए ।
प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९ ००:३०
प्रतिक्रिया दिनुहोस्
अंक तालिका