आहा ! संस्कारः जापानिज समर्थकले सफा गरे रंगशाला
आहा ! संस्कारः जापानिज समर्थकले सफा गरे रंगशाला

जापानले विश्वकप फुटबलमा बुधबार राति सम्पन्न खेलमा बलियो टिम जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्यो । जापानको लागि यो जित जितमा मात्रै सीमित रहेन । फुटबलमा युरोपको पावर हाउस मानिने जर्मनीलाई पराजित गर्नु जापानको लागि ऐतिहासिक सफलता पनि हो ।

चार पटकको विश्वकप विजेता जर्मनी जापानलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुआत गर्ने लक्ष्यमा थियो । तर जापानले पराजित गर्दै जर्मनीको सपना तुहाइदियो ।

पहिलो हाफमा १–० गोलले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित निकाल्यो । जापनका रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाए । ताकुमा असानोले खेलको ८३औँ मिनेटमा गोल गर्दै जापानलाई २–१ गोलको जित दिलाए । त्यसअघि खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

जापानले खेल जित्दै सारा फुटबल प्रेमीको मन जित्यो । अझ रोचक कुरा जापानिज समर्थकले रंगशालामा खेल हेर्न आएका दर्शकहरुले गरेका फोहोरहरु उठाएर सबैको मन जिते ।

germany lose1669222883.jpg

japan1669222884.jpg

japan fans clean1669222883.jpg

japan fans1669222883.jpg

japan fans11669222883.jpg

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २२:४५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा