अल बेत रंगशाला

विश्वकप हुने कतारको आठ मध्येको एउटा रंगशाला हो – अल बेत रंगशाला । अल खोर सिटीमा रहेको यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । तर २०२१ मा कतार र यूएईबीचको खेलमा भने ६३ हजार भन्दा बढि दर्शकले यो रंगशालामा खेल हेरेका थिए । यो विश्वकपकै लागि भनेर पुनः निर्माण गरिएको यो रंगशाला २०२१ को नोभेम्बरमा काम सकिएको थियो ।

यही रंगशालामा विश्वकप २०२२ को ओपनिङ खेलसहित छ वटा समूह चरणका खेलहरू हुनेछन्् । त्यस्तै, प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलको १–१ खेल यो रंगशालामा हुनेछ । 


प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा