
लुजेल शहरमा रहेको लुजेल रंगशाला कतारमा रहेको सबैभन्दा ठूलो रंगशाला हो । २०१७ देखि विश्वकपको लागि पुनः निर्माण गरिएको यो रंगशालाको काम २०२१ को अप्रिलमा सकिएको थियो ।
८० हजार दर्शक क्षमता रहेको यो रंगशालामा समूह चरणका ६ खेल हुँदैछन् । जसमा समूह ‘सी’ अर्जेन्टिनाले साउँदी अरबविरुद्ध मंसिर ६ गते दिउँसो ३ः४५ बजे खेल्नेछ । समूह ‘जी’ को ब्राजिलले सर्वियासँग मंसिर ९ गते राति १२ः४५ बजे खेल्नेछ । त्यस्तै, अर्जेन्टिनाले मेक्सिकोसँग मंसिर ११ गते राति १२ः४५ बजे यो रंगशालामा खेल्नेछ ।
समूह ‘एच’ को पोर्चुगलले उरुग्वेसँग मंसिर १३ गते राति १२ः४५ बजे, समूह ‘सी’ को साउदी अरबले मेक्सिकोसँग मंसिर १५ गते १२ः४५ बजे खेल्दा समूह चरणकै अर्को खेलमा क्यामरुनले ब्राजिलसँग मंसिर १७ गते राति १२ः४५ बजे खेल्नेछ ।
प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलका १–१ खेल हुनेछन् । विश्वकपको फाइनल खेल यही रंगशालामा हुनेछ ।