विश्वकपका लागि २६ सदस्यीय ब्राजिलको टिम घोषणा, काे–काे परे ?
विश्वकपका लागि २६ सदस्यीय ब्राजिलको टिम घोषणा, काे–काे परे ?

ब्राजिलले मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबल २०२२ को लागि टिम घोषणा गरेको छ । सोमबार ब्राजिलले विश्वकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

पाँचपटक विश्वकप विजेता ब्राजिलका मुख्य प्रशिक्षक टिटेले विश्वकप जित्ने लक्ष्यसहित बलियो टिमको अन्तिम टुंगो लगाएका हुन् । विश्वकप फुटबलमा ब्राजिल समूह ‘जी’ मा रहेको छ ।

ब्राजिलको समूहमा सर्विया, स्वीटजरल्यान्ड र क्यामरुन रहेका छन् । ब्राजिलले पहिलो खेल मंसिर ९ गते राति १२ः४५ बजे सर्वियासँग खेल्नेछ । त्यसपछि मंसिर १२ गते स्वीटजरल्यान्डसँग राति ९ः४५ बजे खेल्ने ब्राजिलले समूह चरणको आफ्नो अन्तिम खेल मंसिर १७ गते क्यामरुनसँग राति १२ः४५ बजे खेल्नेछ ।

विश्वकपको लागि ब्राजिल टिम

गोलकिपरःः एलिसन बेकर, एडरसन मोराएस, वेभर्टन

डिफेन्डरः ड्यानी आल्भेस, थियागो सिल्भा, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, एडर मिलिसाओ, एलेक्स टेलेस, ब्रेमर

मिडफिल्डरः क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस, एभर्टन रिबिएरो

 

फरवार्डः नेयमार, रिचार्लिसन, भिनीसियस जुनिअर, एन्टोनी सान्तोस, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस, ग्याब्रिएल मार्टिनेली 

प्रकाशित मिति:आइतबार, कात्तिक २७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा