विश्वकप २०२२ का कान्छा खेलाडी मौकोको
विश्वकप २०२२ का कान्छा खेलाडी मौकोको

विश्वकप फुटबल कतारमा मंसिर ४ गतेदेखि सुरु हुँदैछ । पुस ३ सम्म चल्ने विश्वकपका लागि ३२ वटै टिमले अन्तिम टिम घोषणा गरिसकेका छन् ।

फिफा विश्वकप फुटबल २०२२ मा सबैभन्दा कान्छा खेलाडी बनेका छन्, जर्मनीका फरवार्ड युसुफा मौकोको । उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसके पनि उनी सिनियर राष्ट्रिय टिमबाट यही विश्वकपमा डेब्यु गर्ने लक्ष्यमा छन् । आउँदो नोभेम्बर २० तारिखमा उनी १८ वर्षका हुनेछन् ।

सन् २००४ नोभेम्बर २० मा क्यामरुनमा जन्मिएका उनले बोरुसिया डर्टमुन्डबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । डर्टमुन्डबाट उनले जारी सिजनमा ६ गोल गरिसकेका छन् । उमेर समूहमा पनि उनले तहल्का नै मच्चाएका थिए । डर्टमुन्ड फुटबल एकेडेमीबाट हुर्किएका मौकोको डर्टमुन्डको यू-१७ र यू-१९ बाट ८८ खेलमा १४१ गोल गरेका थिए ।

जर्मनी विश्वकपको समूह ‘इ’ मा परेको छ । यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भनिएको छ । जर्मनीसँगै यो समूहमा सन् २०१० को विश्वकप विजेता स्पेन, जापान र कोस्टारिका छन् । मौकोकोले खेल्ने अवसर पाए विपक्षी टिमका खेलाडीले उनलाई रोक्न निकै कठिन हुनेछ । युवा स्टार मौकोको युवा जोसका साथ खेल्नेछन् ।
 

प्रकाशित मिति:बुधबार, कात्तिक ३०, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा